मेक्सिकोमा रेल दुर्घटना: कम्तीमा १३ जनाको मृत्यु, ९८ जना घाइते

86

काठमाडौँ । मेक्सिकोमा भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ९८ जना घाइते भएका छन्।

मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाउमले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सरकारी निकायहरूलाई तत्काल उद्धार र राहत कार्यमा परिचालन गरिएको जानकारी दिएकी छन्। उनले सामाजिक सञ्जालमार्फत् नौसेनाले १३ जनाको मृत्यु पुष्टि गरेको र घाइतेहरूको उपचारका लागि सबै आवश्यक व्यवस्था मिलाइँदै रहेको जानकारी गराइन्।

राष्ट्रपति शेनबाउमले प्रभावित यात्रु र उनीहरूका परिवारलाई सबै सम्भव सहयोग उपलब्ध गराउन राज्यका गभर्नर सोलोमन जारालाई निर्देशन दिइएको पनि बताइन्।

सन् २०२३ मा सञ्चालनमा आएको उक्त रेल सेवा प्रशान्त महासागरलाई मेक्सिकोको खाडीसँग जोड्ने रणनीतिक महत्वको परियोजना हो। दुर्घटनापछि सो रेलवे लाइनमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मेक्सिकी अधिकारीहरूले जनाएका छन्।

Leave A Reply

Your email address will not be published.