स्रोत नखुलेको ६ लाख ७१ हजार रुपैयाँ सहित पर्सा प्रहरीद्वारा तीन जना पक्राउ
ऐआईद्वारा निर्मित तस्बिर
वीरगञ्ज, पुस १६ आनन्द पटेल
जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई नगद रकमसहित पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा मिति २०८१ पुस १४ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१० स्थित मकालु चोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पश्चिमी चम्पारण जिल्ला बेतिया थाना वडा नं. ०८ निवासी ५० वर्षीय अनवर मियाँ, उनका छोरा २२ वर्षीय महमद कैफ अहमद, तथा भारत बिहार राज्य मोतिहारी जिल्ला दरपा गाउँ पञ्चायत गहिरियाकला वडा नं. ०३ निवासी ४८ वर्षीय फुल महमद रहेका छन्।
प्रहरीका अनुसार अनवर मियाँ र महमद कैफ अहमदले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाइकलबाट क्रमशः १ लाख ३० हजार ९ सय ५० रुपैयाँ र ३ लाख रुपैयाँ नगद बरामद गरिएको हो। त्यसैगरी फुल महमदले प्रयोग गरेको मोटरसाइकलबाट २ लाख ४१ हजार रुपैयाँ नगद फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।