सशस्त्र प्रहरी दिवसमा जीवित शहीद मन्सी पटेललाई सहयोग
वीरगञ्ज। २५औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर, पर्साले विपन्न परिवारलाई सहयोग प्रदान गरेको छ।
यस अवसरमा जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका–२८, बगही निवासी अन्दाजी ३६ वर्षका मन्सी पटेल (मधेश आन्दोलनका जीवित शहीद) को निवासमा पुगेर नं. १३ गण हेड क्वार्टर, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले भेटघाट गर्दै न्यानो कपडा (कम्बल) तथा खाद्यान्न सामग्री वितरण गर्नुभएको हो।
साथै विभिन्न व्यक्ति तथा संघ–संस्थाको सहयोगमा निर्माण भएको मन्सी पटेलको घरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेड क्वार्टर, पर्साको तर्फबाट विद्युतीय वाइरिङ गरिदिने निर्णय समेत गरिएको छ।
सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै सशस्त्र प्रहरी बलले समुदायसँग सहकार्य गर्दै यस्ता मानवीय कार्यलाई निरन्तरता दिँदै आएको गणले जनाएको छ।