मानवसेवा आश्रमद्धारा होली मीलन तथा अर्धवार्षिक प्रतिवेदन सार्वजनिक

470

७ चैत्र, बीरगंज

होली पर्वको अवसरमा मानव सेवा आश्रमद्धारा शुभकामना आदान प्रदान तथा अधवार्षिक प्रगति विवरण सार्वजनिक भएको छ ।  बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले उदघाटन समारोहमा होलीको वर्षको शुभकामना दिनुहुँदै रंगले सबैलाई खुशी ल्याउन भन्दै आजैदेखि सबैले सकारात्मक सोचमा लाग्न अपिल गर्नुभएको छ। उनले भने गलतलाई गलत शहिलाई शहि भन्न सक्ने आँट गर्नुपर्ने बताए । सबैले आजदेखि प्रण गरौं राम्रो काम शुरुआत गरौं जसरी मानवसेवा आश्रम बाट पनि केही पाठ सिक्न सकिने नगर प्रमुख सिंहले बताएका छन् । आजैबाट नकारात्मक सोच र नियत आफ्नो धिमागबाट हटअौ पुरानो टिकाटिपणी बिर्सेर नयाँ ढंग बाट शुरुआत गरौं त्यो पनि आफुबाट शुरु गर्न नगर प्रमुख सिंहले बताए । अहिले जसरी मानव सेवा आश्रमले मानवीय सेवामा काम गरेर आज देशभरि विस्तार गरेर सेवा प्रदान गर्न सफल भएको छ। असम्भव भनेको केही छैन केवल आफुले यो गर्न सक्छु भनेर अटोट लिनुपर्ने बताएका छन् । मानवसेवा आश्रमले वार्षिक तथा आयब्यय प्रतिवेदन प्रस्तुति गरेको थियो ।कार्यक्रममा मधेस विश्वबिधालयका उपकुलपति डाक्टर दिपक शाक्य ,प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा,साउथजोन माविका प्रिन्सिपल सरोज चौधरी ,गौतम स्कुलका डाइरेक्टर सोनम लामा,डाक्टर लक्ष्मी थापा ,ओम कुमारी शर्मा ,बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल उपाध्यक्ष माधवराजपाल,पशुपति विक्रम शाह,तथा बुद्धिजीवी एवम् उधोगपति ,विद्यार्थी र भोजपुरी नाटकका कलाकार लगायतको उल्लेखनीय सहभागी रहेको थियो ।कार्यक्रमको सहजिकरण दिवेश मानवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.