शिवजी गुप्ताले उद्घाटन गरे, प्याप्सन जूनियर फुटबलको प्रतियोगिता – एसआर ग्यालेक्सी विजयी

14

वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) जिल्ला कार्यसमिति पर्साले आयोजना गरेको जुनियर फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। उद्घाटन खेलमा एसआर ग्यालेक्सीले ज्ञान ज्योति स्कुललाई पराजित गर्दै विजयी भएको छ।

उद्घाटन समारोहमा मधेस प्रदेशका खेलकुद परिषद् सदस्य सचिव शिवजी गुप्ता प्रमुख अतिथि रहेका थिए। उनले खेलकुद केवल मनोरञ्जन मात्र नभई स्वास्थ्य र राष्ट्रको लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै, विद्यालय स्तरमै खेलकुदलाई प्रोत्साहन दिनुपर्नेमा जोड दिनुभयो।

उद्घाटन समारोहमा प्याप्सनका केन्द्रीय सदस्य डाक्टर हरिशंकर शाह, छेदुप लामा, मधेस प्रदेशका उपाध्यक्ष इमामोदिन अहमद, सल्लाहकार लालबाबु पटेल, प्याप्सन महानगर उपाध्यक्ष शर्मान कुशवाहा लगायत विभिन्न विद्यालयका प्रिन्सिपलहरूको उपस्थिती रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुशीला शाह ले दिएकी थिइन् भने सभापतित्व अध्यक्ष सरोजप्रसाद चौधरी ले गर्नु भएको थियो।

सचिव अशोक संग्रौला ले जानकारी दिनुभयो, उद्घाटन समारोहको पहिलो खेलमा एसआर ग्यालेक्सीले विजयी प्राप्त गरेको छ।

प्याप्सनले विद्यालय स्तरमै खेलकुदलाई प्रोत्साहन गर्दै स्वास्थ्य, अनुशासन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान प्रस्तुत गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

Leave A Reply

Your email address will not be published.