वडा प्रहरी कार्यालय बिर्ताको टोलीले छापा मार्दा चिनियाँ, भारतीय तथा घरेलु उपभोग्य सामग्री बरामद, थप अनुसन्धान जारी
माघ ११, आनन्द पटेल
वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले छापा मारी करिब २५–३० लाख रुपैयाँ मूल्यका चिनियाँ, भारतीय तथा घरेलु उपभोग्य सामग्री बरामद गरेको छ।
प्रहरी निरीक्षक बिक्रम सुबेदीको नेतृत्वमा गएको टोलीले अवैध भण्डारण र बिक्री वितरणको आशंकामा सामान नियन्त्रणमा लिएको हो। बरामद सामानहरू हाल वडा प्रहरी कार्यालय बिर्ताको नियन्त्रणमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
स्थानीयवासीहरूले यस घटनाले वीरगञ्ज क्षेत्रमा अवैध कारोबार नियन्त्रणमा प्रहरी सक्रिय रहेको संकेत दिएको बताएका छन्।