भाषण होइन, काम चाहियो’ — पर्सा–३ मा रूपेश पाण्डे परिवर्तनको प्रतीक बन्दै
वीरगञ्ज- पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तीव्र रूपमा परिवर्तनतर्फ उन्मुख देखिएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति बढ्दो जनलहरले क्षेत्रको राजनीतिमा नयाँ संकेत दिएको छ।
स्थानीय तहदेखि टोल–टोलसम्म देखिएको उत्साह, घरदैलो कार्यक्रम र जनतासँगको प्रत्यक्ष संवादले पाण्डेलाई परिवर्तनको भरोसायोग्य प्रतिनिधिका रूपमा स्थापित गरिरहेको छ। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट सन्देशसहित अघि बढिरहेका पाण्डेको व्यावहारिक सोच, विकासमुखी एजेन्डा र युवामैत्री दृष्टिकोणले मतदाताको विश्वास जित्दै गएको छ।
क्षेत्रमा देखिएको यो जनलहरले बिपक्षी दलहरूमा असहजता र भयको वातावरण सिर्जना भएको राजनीतिक देखिन्छ । बिगतमा दोहोरिएका असफल प्रयोग र खोक्रा आश्वासनबाट आजित जनता अब स्थायित्व, विकास र सक्षम नेतृत्वको खोजीमा रहेको देखिन्छ। यही कारण पर्सा–३ मा एमाले र रूपेश पाण्डेको पक्षमा माहोल मजबुत बन्दै गएको हो।
रोजगारी सिर्जना, पूर्वाधार विकास, शिक्षा–स्वास्थ्यमा गुणस्तरीय सुधार, सीमावर्ती व्यापार तथा औद्योगिक सम्भावनाको सदुपयोग जस्ता विषयलाई प्राथमिकतामा राखेका पाण्डेले क्षेत्रको समग्र विकासको स्पष्ट रोडम्याप प्रस्तुत गरेका छन्। जनताको दैनिक समस्यामा चासो, सरल व्यवहार र निरन्तर उपस्थितिले उनलाई “नेता होइन, आफ्नै मान्छे”को रूपमा स्थापित गरेको स्थानीय मतदाताहरूको भनाइ छ।
यसरी बढ्दो जनसमर्थन, संगठनात्मक मजबुती र स्पष्ट राजनीतिक दिशाका कारण पर्सा–३ मा नेकपा एमालेको जित सुनिश्चित हुने प्रबल सम्भावना देखिएको छ। फागुन २१ गतेको निर्वाचनले पर्सा–३ मा परिवर्तनलाई औपचारिक रूप दिने र रूपेश कुमार पाण्डेको नेतृत्वमा विकासको नयाँ अध्याय सुरु हुने अपेक्षा स्थानीयवासीहरूले गरेका छन्।