वीरगञ्जमा पहिलोपटक ‘ज्ञानु देवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता–२०८२’ सुरु हुँदै
माघ १५, वीरगञ्ज — आनन्द पटेल
जीवन ज्योति सेकेण्डरी स्कूलको आयोजनामा वीरगञ्जमा पहिलो पटक ज्ञानु देवी मेमोरियल जुनियर फुटबल प्रतियोगिता–२०८२ सञ्चालन हुने भएको छ। प्रतियोगिताको जानकारी दिन आयोजक विद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरेको हो।
प्रतियोगितामा वीरगञ्ज तथा आसपासका विभिन्न विद्यालयका १६ टिम सहभागी हुनेछन्। सहभागी टिमहरूलाई चार समूह (A, B, C र D) मा विभाजन गरिएको छ।
समूह ‘A’ मा जीवन ज्योति सेकेन्डरी स्कूल, एम.टी. मकालु सेकेन्डरी स्कूल, सन लाइट सेकेन्डरी स्कूल र जी.एच.पी रहेका छन्।
समूह ‘B’ मा मालिनी एकेडेमी, कदमबारी एकेडेमी, लिटल फ्लावर सेकेन्डरी स्कूल र एस.आर. ग्यालेक्सी सहभागी छन्।
त्यसैगरी समूह ‘C’ मा सन शाइन सेकेन्डरी स्कूल, डी.पी.एस, ओम नेशनल र मिनिल्यान्ड सेकेन्डरी स्कूल रहेका छन् भने
समूह ‘D’ मा न्यू वेभ सेकेन्डरी स्कूल, विद्या सदन सेकेन्डरी स्कूल, डी.ए.भी र मनकामना सेकेन्डरी स्कूल सहभागी रहेका छन्।
आयोजकका अनुसार प्रतियोगिताका खेलहरू २०८२ साल असोज २१ गतेदेखि विभिन्न मिति र समयमा सञ्चालन हुनेछन्। समूह चरणका खेलपछि सेमिफाइनल र फाइनल खेलमार्फत प्रतियोगिताको विजेता छनोट गरिनेछ। प्रतियोगिताको कुल बजेट ३ लाख रुपैयाँभन्दा बढी रहेको प्रतियोगिताका संयोजक शिव गुप्ताले जानकारी दिए।
पत्रकार सम्मेलनमा आयोजक विद्यालयले प्रतियोगिताका विजेता विद्यालयलाई शील्ड (ट्रफी) तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिएको छ। विद्यालयस्तरका खेलाडीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिताले जुनियर खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने आयोजकको विश्वास रहेको छ।