मुनलाइट र गोल्डेन फ्युचर विजयी, प्याब्सन टी–२० क्रिकेट रोमाञ्चक

99

पर्सा — प्याब्सन नेपाल मेडिसिटी अन्तर विद्यालय टी–२० नकआउट क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत सातौं दिन तीनवटा खेल सम्पन्न भएका छन्। प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा सहभागी विद्यालयहरूले उत्साहजनक प्रदर्शन गरेका छन्।

पहिलो खेलमा १५ ओभरको प्रतिस्पर्धामा बीरगन्ज एकेडेमीले हिमालयन पिरामिडलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। टस जितेर ब्याटिङ रोजेको बीरगन्ज एकेडेमीले ५ विकेटको क्षतिमा १५० रन बनायो। जवाफमा हिमालयन पिरामिड पूरा ओभर खेले पनि ४८ रनमै सिमित रह्यो। यस खेलका म्यान अफ द म्याच बीरगन्ज एकेडेमीका अरबाज अन्सारी घोषित भए।

दोस्रो खेलमा गत संस्करणका विजेता र उपविजेताबीच भएको प्रतिस्पर्धामा मुनलाइट माध्यमिक विद्यालयले विद्यासागर माध्यमिक विद्यालयलाई ४ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको विद्यासागर माविले ८ विकेट गुमाउँदै ९८ रन बनायो। मुनलाइट माविले उक्त लक्ष्य १४ ओभरमा ६ विकेट खर्चेर पूरा गर्दै जित हात पार्‍यो। यस खेलका म्यान अफ द म्याच मुनलाइटका विक्की यादव बने।

तेस्रो खेलमा गोल्डेन फ्युचर विद्यालयले एसआर ग्यालेक्सी एकेडेमीलाई ४ विकेटले पराजित गर्‍यो। टस जितेर ब्याटिङ गरेको एसआर ग्यालेक्सी एकेडेमी १२.३ ओभरमै अलआउट हुँदै ५९ रनमा सिमित रह्यो। गोल्डेन फ्युचरले उक्त लक्ष्य १०.४ ओभरमा ६ विकेट खर्चेर सहज रूपमा पूरा गर्‍यो। यस खेलका म्यान अफ द म्याच गोल्डेन फ्युचरका आयन आलम घोषित भए।

Leave A Reply

Your email address will not be published.