पकहाँका (बियोपी) ईन्चार्ज केसीको सरुवा, मैनालीको स्वागत

625

वीरगन्जः पर्साको पकहाँमैनपुर गाउँपालिका स्थित सशस्त्र प्रहरी बल (बिओपी) पकहाँमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) श्याम सुन्दर केशीको आज विदाई गरिएको छ । बिहिवार एक कार्यक्रमको आयोजना गरेर सई केसीलाई खादा, टिका लगाएर विदाइ गरिएको हो।

ग्रामीण भेगमा केसीले करीव ०६ महिनाको सेवामा अपराध, चोरी पैठारी, तस्करी जस्ता गैरकानुनी करोवार नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न अहम भुमिका खेलेका छन । ग्रामिण भेगमा खुला सिमाना भएकोले सेवा निर्वाह गर्न चुनौती पुर्ण हुनेगर्छ, तैपनि चोरी तस्करी नियन्त्रण गरेर (सई) केसीले स्थानीयको नजरमा प्रसंशाा दायक बनेका छन । उनलाई सराहनीय काम गरेको भन्दै विशेष सम्मानसहित विदाई गरिएको हो ।

सो अवधिमा केसीले खुला सिमानाकामा अपराधी गतिविधि र चोरी तस्करी नियन्त्रणमा स्थानीयहरुको सहयोग र समन्वयको कारण आफु सफल भएको बताउनुभयो । उनले प्रहरी संगठनमा सरुवा हुनु र आउने जाने काम भईरहन्छ यो एउटा प्रक्रिया रहेको बताए । उनले भने यो अवधीमा स्थानीयहरुकै साथ, सहयोग तथा समन्वयका कारणले गर्दा यो ठाउँको शान्ति सुरक्षामा आफु खरो उत्रीन सकेको बताए । नयाब निरीक्षक केसीले सानो अवधीमै स्थानीयबासीसंगको सम्बन्धले यो ठाउँ आफुलाई सधै सम्झना रहने समेत बताए ।

यसैगरी सो अवसरमा नयाँ (बिओपी) ईन्चार्जको रुपमा आउनु भएका सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) पान्डव प्रसाद मैनालीलाई खादा टिका लगाएर स्वागत समेत गरिएको हो ।

Leave A Reply

Your email address will not be published.