प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा

37

वीरगन्ज : वीरगन्जमा जारी प्याब्सन अन्तर–विद्यालय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न खेलहरूमा सनलाईट माध्यमिक विद्यालय क्वार्टरफाइनलमा प्रवेश गरेको छ भने सेन्ट जेभियर्स र मुनलाईट माध्यमिक विद्यालय सेमिफाइनलमा पुगेका छन्।

प्रतियोगिताको पहिलो खेलमा सनलाईट मावि र अल्पाईन मावि आमनेसामने भएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको अल्पाईन माविले भिजिबिलिटी कम भएका कारण ११ ओभरमा सीमित खेलमा ९ विकेट गुमाउँदै ३६ रन मात्र जोड्न सक्यो। जवाफमा सनलाईट माविले ३७ रनको लक्ष्य १ विकेटको नोक्सानीमा ४.२ ओभरमै पूरा गर्दै ९ विकेटको सहज जित निकाल्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्‍यो।

दोस्रो खेलमा सेन्ट जेभियर्स मावि र गौतम मावि बीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ रोजेको सेन्ट जेभियर्स माविले १५ ओभरमा ८ विकेट गुमाउँदै ६६ रन बनायो। जवाफमा गौतम मावि ८ विकेट गुमाउँदै ६२ रनमै समेटिएपछि सेन्ट जेभियर्स मावि ४ रनले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

तेस्रो खेलमा मनकामना मावि र मुनलाईट मावि आमनेसामने भएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको मनकामना माविले १५ ओभरमा ९ विकेटको क्षतिमा ८९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मुनलाईट माविले १४.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ५ विकेटको जितसहित सेमिफाइनल यात्रा तय गर्‍यो।

प्रतियोगिताअन्तर्गत भोलि माघ २१ गते बाँकी दुई क्वार्टरफाइनल खेलहरू हुनेछन्। जसअन्तर्गत वीरगन्ज एकेडेमी र गोल्डेन फ्युचर तथा डीएभी र सनलाईट मावि बीच प्रतिस्पर्धा हुनेछ।

Leave A Reply

Your email address will not be published.