शक्तिमान बेकरी एण्ड फुट प्रोडक्टमा अनुगमन , २० हजार जरिवाना

483

२२ चैत्र , वीरगंज

बीरगंज महानगरपालिका वडा नम्बर ८ पानीटंकीमा रहेको पाउरोटी फ्याक्ट्री अर्थात शक्तिमान बेकरी एण्ड फुड प्रोडक्टमा अनुगमन गरिएको छ। उधोगले उपभोक्ताको स्वास्थ्य संग खेलवाड गरि अखाद्य उत्पादन गरिरहेको गुनासो आएपछि अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका सुचना अधिकारी दिलिप खंङ्गले जानकारी गराएका हुन ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साका प्रमुख सुरेशकुमार सिंहको नेतृत्वमा सो उधोगमा अनुगमन गरिएको हो ।अनुगमन गर्ने क्रममा सो उधोगले निरिक्षण गर्दा असहयोग गरेपछि रु २० हजार जरिवाना गरिएको सुचना अधिकारी खंङ्गले जानकारी दिनुभएको छ। उधोग परिषद् भित्र काम गर्ने कर्मचारीहरुले स्वास्थ्य तथा सरसफाइमा खासै ध्यान नदिएको उधोगले उत्पादन गर्ने बेलामा लेवलमा विवरण उल्लेख नगरिएको फेला परेको थियो । उधोगको आवश्यक कागजात तथा खरिदबिक्री बिल फेला नपरेकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु २० हजार जरिवाना गरिएको छ। थप आवश्यक कागजात सहित तीन दिन भित्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा उपस्थित हुन सुचना अधिकारीले जानकारी गराएका छन् ।

Leave A Reply

Your email address will not be published.