वीरगञ्ज–३ मा सन्तोष पटेलको जोसिलो घरदैलो, कमलमा भोट माग्दै जनसमर्थन आह्वान
वीरगञ्ज आनन्द पटेल (पर्सा),
पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३ को प्रगतिनगर, गायत्री मन्दिर क्षेत्र तथा शिक्षा कार्यालय एरियामा आज नेपाल जनता पार्टीका उम्मेदवार सन्तोष पटेलको नेतृत्वमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा जोसिला, जुझारु तथा जनमुखी नेता का रूपमा परिचित उम्मेदवार सन्तोष पटेल स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको सुख–दुःख बुझ्ने र समस्या सुन्ने कार्यमा सक्रिय देखिएका थिए। आम जनताको बीचमै रहेर दुःखीहरूको आवाज बुलन्द गर्दै आएको उनको भूमिकाले स्थानीय मतदाताको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा “एक भोट राष्ट्रका लागि”, “राष्ट्रिय एकता”, “हर हर कमल, घर घर कमल” जस्ता नाराहरू गुञ्जिएका थिए। उम्मेदवार पटेलले सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना को मुद्दालाई कडाइका साथ निरन्तर उठाउँदै आएको उल्लेख गर्दै राष्ट्र, धर्म र संस्कृतिको संरक्षणमा आफू प्रतिबद्ध रहेको बताए।
नेपाल जनता पार्टीले युवा, महिला तथा विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, भ्रष्टाचारमुक्त समाज, शिक्षा, स्वास्थ्य, सुशासन, विकास र सुरक्षा, स्वाभिमानको रक्षा, किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रोत्साहन तथा रोजगारी सिर्जनासहित क्षेत्रको समृद्धि लाई मुख्य एजेन्डाका रूपमा अघि सारेको छ।
घरदैलो कार्यक्रममार्फत उम्मेदवार सन्तोष पटेलले नेपाल जनता पार्टीको चुनाव चिन्ह ‘कमल’ मा मतदान गरी साथ, सहयोग र आशीर्वाद दिन स्थानीय मतदातासँग अपिल गरेका थिए।