श्रीपुर–मुर्लीमा अनिल रुङ्टाको भव्य घरदैलो, रुख छापमा मतदानको जनअपील
वीरगञ्ज (पर्सा),
पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा नेपाली कांग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका अन्तर्गत श्रीपुर र मुर्ली क्षेत्रमा घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्टाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना राजनीतिक प्रतिबद्धता, विकासका योजना र भावी दृष्टिकोण बारे जानकारी गराएका थिए। उनले जनताको समस्या बुझेर समाधानमुखी राजनीति गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्षेत्रको समग्र विकासका लागि आफू सक्रिय रहने बताए।
कार्यक्रमका क्रममा स्थानीय जनता, पार्टीका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख छाप’ मा मतदान गरी अनिल रुङ्टालाई विजयी बनाउन अपिल गरेका थिए।
घरदैलो कार्यक्रममा देखिएको जनउत्साह, सक्रिय सहभागिता र साझा विश्वासले पर्सा क्षेत्र नं. १ मा “सुझबुझको आवाज” भन्ने नारा अब केवल नारामा सीमित नरही वास्तविक परिवर्तनको आधार बन्दै गएको सहभागीहरूको भनाइ रहेको छ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय दिवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाली कांग्रेस, नेपाल विद्यार्थी संघ, तरुण दलका नेता, वरिष्ठ कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।