मधेश प्रदेशको कार्यसम्पादन मूल्यांकन : पर्सागढी पहिलो, प्रसौनी दोस्रो, पटेर्वा सुगौली तेस्रो

36

वीरगंज । प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको पछिल्लो कार्यसम्पादन मूल्यांकनमा मधेश प्रदेशमा स्थानीय तह मध्य पर्सागढी नगरपालिका पहिलो स्थानमा परेको छ ।

उसले ७२.९९ अंक प्राप्त गरेर मधेशका स्थानीय तह मध्य पर्सागढी नगरपालिका सबै भन्दा अब्बल देखिएको हो ।

१०० पूर्णाङ्कमध्ये पर्सागढीले ७२.९९ अंक प्राप्त गरेको छ , जुन अन्य सबै तहको तुलनामा सबैभन्दा बढी हो।

आयोगले स्थानीय तहहरूले गर्ने खर्च, राजस्व संकलन, बजेट व्यवस्थापन, वित्तीय अनुशासन तथा सेवा प्रवाहलगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गर्ने गर्दछ। सोही मूल्यांकनका आधारमा केन्द्र सरकारबाट पाउने समानीकरण अनुदानको परिमाणसमेत निर्धारण हुन्छ।

दोश्रोमा बाराको प्रसौनी गाउँपालिका ७०ं.२४ अंक प्राप्त गरेको छ । त्यसैगरि पर्साको पटेर्वा सुगौली ६७.९९ अंक सहित तेश्रो स्थानमा रहेको छ । रौतहटको गौर नगरपालिका ६६।१७ अंक सहित चौथो स्थानमा रहेको छ ।

सुरुङ्गा नगरपालिका ६५ .३८ अंक प्राप्त गरि पाँचौ स्थानमा रहेको छ भने बाराको परवानीपुर गाउँपालिका ६५.१७ अंक प्राप्त गरि छैठौं स्थानमा रहेको छ । बारामा परवानीपुर गाउँपालिका दोश्रो स्थानमा रहेको छ ।

त्यस्तै पर्साको ठोरी गाउँपालिक ६५.१७ अंक सहित सातौ स्थानमा रहेको छ । पर्सामा भने तेश्रो स्थानमा रहेको छ । सर्लाहीको बरथहवा नगरपालिका ६४.३९ सहित आठौ स्थानमा रहेको छ ।

बोेदेबर्साइन नगरपालिका ६२.९४ अंक सहित नवौ स्थानमा छ भने । सर्लाहीको हरिवन ६२.०२ अंक सहित प्रदेश भरीमा १० औं स्थानमा रहेको छ ।

अंक तालिकामा मधेश प्रदेशको स्थानीय तहमा सबै भन्दा पुच्छरमा रौतहटको देवाही गोनाही ३०.९१ रहेको छ । पुच्छारको दोश्रोमा पर्साको धोवीनी गाउँपालिका रहेको छ ।

धोवीनीले ३२.८८ अंक प्राप्त गरेको छ । प्रदेशमा पचास वटा स्थानीय तहले ५० अंक कटाउन सकेका छैनन ।

Leave A Reply

Your email address will not be published.