सशस्त्र प्रहरीद्धारा १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद

562

 

२७ चैत्र, बीरगंज

सशस्त्र प्रहरी बल पर्साले मंगलबार १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस बरामद गरेको छ। बिरगंज महानगरपालिका वडा नं १६ भन्सार मेनगेट स्थित प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगंजबाट सशस्त्र प्रहरी नायब उपरिक्षक सुरज रिजालको कमाण्डमा खटिएको ७ जनाको मोबाईल टोलिले बिषेश सुचनाकाृे आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना २ ह ३१५६ नंम्बरको टेम्पोलाई चेकजाच गर्ने क्रममा उतm सामग्री बरामद गरिएको हो । १ लाख ६० हजार भन्दा बढीको मोटरसाईकलको पार्टस र टेम्पोको मुल्य रु २ लाखगरि जम्मा मुल्य रु ३ लाख ६० हजार भन्दा बढीको मोटरसार्यकल पार्टस सहित टेम्पो चालक पुर्वी चम्पारण रक्सोल नगर पञ्चायत वडा नं ७ बस्ने अन्दाजी ३२ बर्षिय जमीर मिया सहितलाई नियन्त्रण्मा लिएर आवश्यक कार्वाहिको लागि बीरगंज भन्सार कार्यालय बुझाएको प्रहरी नायब उपरीक्षक सुरज रिजालले जानकारी गराएका छन।

Leave A Reply

Your email address will not be published.