इंग्ल्यान्डलाई ७ रनले हराउँदै भारत टी–२० विश्वकपको फाइनलमा

53

इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारत जारी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ। भारतले दिएको २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २४६ रन मात्र बनाउन सक्यो।

इंग्ल्यान्डका लागि ज्याकब बेथेलले उत्कृष्ट शतकीय पारी खेल्दै १०५ रन बनाए। त्यस्तै विल ज्याकले ३५ रन, कप्तान जोस बटलरले २५ रन तथा जोफ्रा आर्चरले अविजित १९ रन जोडे पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन।

भारतीय बलिङतर्फ हार्दिक पाण्डेयले २ विकेट लिए भने अर्शदीप सिंह, जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाउँदै २५३ रनको विशाल स्कोर खडा गरेको थियो। भारतका लागि सन्जु सामसनले ८९ रनको उत्कृष्ट पारी खेले। शिवम दुबेले ४३, इशान किशनले ३९, हार्दिक पाण्डेयले २७ र तिलक वर्माले २१ रनको योगदान दिए।

इंग्ल्यान्डका बलर विल ज्याक र आदिल रशिदले समान २–२ विकेट लिएका थिए।

यस जितसँगै डिफेन्डिङ च्याम्पियन भारत लगातार दोस्रो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको छ। अब भारतले आइतबार हुने फाइनल खेलमा न्यूजील्याण्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

Leave A Reply

Your email address will not be published.