वीरगन्ज महानगरको न्यायिक समितिले ७ वर्षमा किनारा लगायो २ सय ८१ उजुरी

414

वीरगन्ज,२९चैतः वीरगन्ज महानगरपालिकामा रहेको न्यायिक समितिले पछिल्लो ७ वर्षमा २ सय ८१ वटा उजुरीको किनारा लगाएको छ।महानगरपालिकाका उपमेयरको संयोजकत्वमा गठित न्यायिक समितिमा आर्थिक वर्ष २०७४र७५ देखि हालसम्म दर्ता भएका ३ सय ५३ उजुरीमध्ये २ सय ८१ वटा उजुरीको किनारा लगाएको हो ।

उपमेउर इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आर्थिक बर्ष २०८०र८१ को पछिल्लो ८ महिनामा ४ वटा मात्र उजुरी फर्छ्यौट गरिएको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए ।

न्यायिक समितिमा चालु आर्थिक वर्षमा दर्ता भएको २३ वटा र गत आर्थिक बर्ष २०७९र८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए। उनका अनुसार न्यायिक समितिले आर्थिक बर्ष २०७४र७५ मा १ सय २६ वटा, आर्थिक बर्ष २०७५र७६ मा ७७ वटा, आर्थिक बर्ष २०७६र७७ मा ५४ वटा, आर्थिक बर्ष २०७७र७८ मा ८ वटा, आर्थिक बर्ष २०७८र७९ मा ४ वटा र आर्थिक बर्ष २०७९र८० मा ४ वटा उजुरी किनारा लगाइएको थापाले बताए ।

वीरगन्ज महानगरपालिकामा आर्थिक बर्ष २०७४र७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ। न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको थापाको भनाइ छ । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ।

न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनि
धिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए ।

साभार. मधेश खबर अनलाईनबाट

 

Leave A Reply

Your email address will not be published.