मेडिसिटी वयोधामा राजेन्द्र प्रसाद कोइरालाको उत्प्रेरणात्मक सत्र, सहभागीले भने– ‘यो त चमत्कार नै भयो’

6

वीरगन्ज आनन्द पटेल।

स्वास्थ्य सेवामा मानवीय संवेदना र व्यावसायिक कार्यकुशलतालाई थप प्रभावकारी बनाउने उद्देश्यले ललितपुरस्थित मेडिसिटी वयोधा अस्पतालमा विशेष उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ।

ज्ञानदा एकेडेमी (GYANDA Academy) का सीईओ तथा प्रिन्सिपल राजेन्द्र प्रसाद कोइरालाले सञ्चालन गर्नुभएको दुई घण्टे सत्रमा अस्पतालका ३५ जना भन्दा बढी वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी तथा नर्सिङ स्टाफको सहभागिता रहेको थियो। कार्यक्रम अस्पतालका उपाध्यक्ष विजय रिमालको समन्वय तथा नेतृत्वमा आयोजना गरिएको हो।

कार्यक्रममा अस्पतालको आन्तरिक कार्यसम्पादन, प्रशासन र नर्सिङबीचको सहकार्य तथा कर्मचारीहरूको मानसिक अवस्थालगायतका विषयमा प्रशिक्षण दिइएको थियो। पहिलो चरणमा ‘One Team, One Pulse: Elevating Admin and Nursing Synergy’ विषय मार्फत प्रशासन र नर्सिङबीचको समन्वयलाई अझ प्रभावकारी बनाउने उपायबारे चर्चा गरिएको थियो।

त्यस्तै, दोस्रो चरणमा ‘The Five Devils of Psychological Sabotage’ शीर्षकमा कार्यस्थलमा देखिने मानसिक तनाव, नकारात्मक सोच तथा सफलताका बाधकहरूलाई कसरी पहिचान गरी परास्त गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

सत्रपछि सहभागी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले कार्यक्रम अत्यन्तै प्रभावकारी, हृदयस्पर्शी र जीवनोपयोगी रहेको प्रतिक्रिया दिएका छन्। छोटो अवधिमै कर्मचारीहरूमा सकारात्मक ऊर्जा र उत्साह देखिएको भन्दै सहभागीहरूले कोइरालाको प्रशिक्षण शैलीको प्रशंसा गरेका थिए। केही सहभागीले सत्रलाई ‘तालिम मात्र नभई चमत्कारजस्तै अनुभव’ भएको प्रतिक्रिया दिएका थिए।

ज्ञानदा एकेडेमी र मेडिसिटी वयोधा अस्पतालबीचको सहकार्यलाई संस्थागत विकास तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि तर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ। आगामी दिनमा पनि यस्ता व्यावसायिक तथा सिर्जनशील प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने दुवै संस्थाले प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमले अस्पतालमा ‘एकता नै शक्ति हो’ भन्ने भावनालाई थप मजबुत बनाउँदै चिकित्सक, नर्सिङ तथा प्रशासनिक टोलीबीच सहकार्य र सकारात्मक कार्यसंस्कृतिको विकासमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.