चिया पसलमा ग्राहकको सहजताका लागि बृजेश्वर प्रसाद चौधरीद्वारा ७ थान कुर्सी सहयोग

52

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका–६, प्रसौनी गाउँको दक्षिणपट्टि गण्डक नहर छेउमा रहेको चिया पसलका सञ्चालक गोरख राउत कुर्मीलाई बृजेश्वर प्रसाद चौधरीले ७ थान कुर्सी सहयोग गरेका छन्।

चिया पसलमा चियाको स्वाद लिन आउने ग्राहकको भीड दिनप्रतिदिन बढ्दै गएपछि बस्नका लागि पर्याप्त कुर्सी नहुँदा ग्राहकलाई समस्या हुँदै आएको थियो। ग्राहकको सहजताका लागि केही थान कुर्सी सहयोग गरिदिन स्थानीयवासीले चौधरीलाई आग्रह गरेका थिए।

स्थानीयवासीको आग्रह र ग्राहकलाई हुने असुविधालाई मध्यनजर गर्दै चौधरीले आफ्नो तर्फबाट ७ थान कुर्सी उपलब्ध गराएका हुन्। कुर्सी प्राप्त भएपछि चिया पसलमा आउने ग्राहकलाई बस्न सहज भएको छ।

सानो सहयोगले पनि स्थानीयस्तरमा नागरिकको दैनिक जीवनलाई सहज बनाउन सकिन्छ भन्ने उदाहरणका रूपमा चौधरीको यो सहयोगलाई लिइएको छ। स्थानीय आवश्यकता पहिचान गरी गरिएको यस्तो सहयोगले सामाजिक सद्भाव र आपसी सहयोगको भावनालाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

 

Leave A Reply

Your email address will not be published.