प्याब्सन जुनियर फुटबल प्रतियोगिता–२०८२ को उपाधि ठोरी एकेडेमीलाई

29

पर्सा। प्याब्सन पर्साको आयोजनामा सम्पन्न प्याब्सन जुनियर फुटबल प्रतियोगिता–२०८२ को उपाधि ठोरी एकेडेमीले जितेको छ। शुक्रबार सम्पन्न फाइनल खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा ठोरी एकेडेमीले मूनलाइट माध्यमिक विद्यालयलाई ३–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलका ‘म्यान अफ द म्याच’ ठोरी एकेडेमीका असिन थापामगर घोषित भए।

यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा बिकन माविले एसआर ग्यालेक्सी एकेडेमीलाई १–० गोलले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो। उक्त खेलका उत्कृष्ट खेलाडी बिकन माविका रेहान खान घोषित भए।

प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ८ हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद, मेडल, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो।

विधागत पुरस्कारतर्फ

उत्कृष्ट गोलकीपर: असिन थापामगर (ठोरी)

उत्कृष्ट डिफेन्डर: विश्वास महतो (मूनलाइट)

उत्कृष्ट मिडफिल्डर: दिव्यांशु पण्डित

उत्कृष्ट स्ट्राइकर: यवेश राई (ठोरी)

सर्वाधिक गोलकर्ता: प्रिन्स आलेमगर (मूनलाइट)

म्यान अफ द सिरिज: असिन थापामगर (ठोरी)

उत्कृष्ट खेलाडीहरूले बल, बुट, शिल्ड, क्यापसहित रु १,५०० नगद प्राप्त गरे।

समापन समारोहमा प्याब्सन पर्साले फुटबल क्षेत्रमा योगदान पुर्‍याएको भन्दै एन्फा पर्साका प्रशिक्षक गृष्ममणि शाक्यलाई कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश प्रहरी कार्यालय वीरगञ्जका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले सम्मान गरेका थिए।

प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. हरिशङ्कर साह, छेडुप लामा, इमामुद्दीन अहमद, प्रकाश उपाध्याय, श्याम केसी, ट्राफिक प्रहरी निरीक्षक युवराज कटुवाल, एन्फा पर्सा अध्यक्ष अनिलकुमार कलवारलगायतको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.