नेशनल मेडिकल कलेजमा बीएस्सी नर्सिङ १४औँ ब्याचलाई भव्य बिदाइ

18

वीरगञ्ज, असार २९

नेशनल मेडिकल कलेज, वीरगञ्जमा बीएस्सी नर्सिङ १४औँ ब्याचका विद्यार्थीहरूको सम्मानमा बिदाइ कार्यक्रम सम्पन्न भएको छ।

नर्सिङ निर्देशक प्रा. गंगा गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारी प्रमुख अतिथि तथा प्रबन्ध निर्देशक शाहनवाज अन्सारी विशेष अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रिन्सिपल प्रा. डा. के.एन. सिंह, एडमिशन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसेन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहान, नर्सिङ क्याम्पसकी भाइस–प्रिन्सिपल प्रा. डा. बबिता सिंह, मेट्रोन विकास कुमारलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा दीप प्रज्वलन, स्वागत मन्तव्य, स्वागत नृत्य, बिदाइ मन्तव्य तथा अतिथिहरूको शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो। प्रमुख अतिथि प्रा. डा. जैनुद्दिन अन्सारी र विशेष अतिथि शाहनवाज अन्सारीले स्नातक विद्यार्थीहरूलाई खादा तथा मायाको चिनो प्रदान गर्दै सफल व्यावसायिक जीवनको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा विशेष भिडियो प्रस्तुति मार्फत कलेजमा बिताएका अविस्मरणीय क्षणहरू स्मरण गरेका थिए। साथै कार्यक्रमका वक्ताहरूले नर्सिङ पेशा सेवा, समर्पण र जिम्मेवारीको क्षेत्र भएकाले समाजप्रति उत्तरदायी भएर कार्य गर्न विद्यार्थीहरूलाई आग्रह गरेका थिए।

धन्यवाद ज्ञापन, केक काट्ने, जलपान तथा सामूहिक फोटोसहित सम्पन्न कार्यक्रममा सहभागीहरूले १४औँ ब्याचका विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका थिए। बिदाइ कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक यात्राको सफल समापनसँगै व्यावसायिक जीवनतर्फको नयाँ यात्राका लागि शुभकामना व्यक्त गरेको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.