विस्को सहकारीको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न , ३० जनाद्वारा रक्तदान

76

वीरगञ्ज, ११ वैशाख — वीरगञ्ज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडको आयोजनामा २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मानविय सेवाभावलाई केन्द्रमा राखेर आयोजित उक्त कार्यक्रममा ३ जना महिला सहित ३० जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरूमा गीता पौडेल, वर्षा शाक्य, सञ्चारकर्मी युबराज खड्का, दीपेन्द्र साह, कृष्ण पटेल, विजयलाल नकर्मी, आशिष पौडेल, हिमांशु गुप्ता, नरेश चौधरी, राकेश कुमार गुप्ता, मदन पटेल लगायत सहभागी रहेका थिए।

कार्यक्रम संस्थाका अध्यक्ष डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा हरेराम प्रसादको उपस्थिति रहेको थियो भने संस्थाका म्यानेजर बृजेश गुप्ता र सचिव ललिता आमात्यको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो। सहभागीहरूले रक्तदानलाई जीवन बचाउने महत्वपूर्ण मानवसेवा भन्दै यसको निरन्तरता आवश्यक रहेको बताएका थिए।

संस्थाले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा मानवसेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave A Reply

Your email address will not be published.