समाजसेवी तथा जनप्रिय नेता वृजेश्वार चौधरीद्वारा पानी निकासका लागि पाइप सहयोग

80

जगरनाथपुर, पर्सा ।

समाजसेवी तथा जनप्रिय नेता वृजेश्वार चौधरीले स्थानीय नागरिकको समस्या समाधानमा पहल गर्दै पानी निकासका लागि पाइप सहयोग गरेका छन्। जगरनाथपुर गाउँपालिका वडा नं. ४ सुहपुर निवासी चन्द्रिका चौधरीको घर अगाडि रहेको चापाकलको पानी निकासमा समस्या भएपछि चौधरीले आवश्यक पाइप उपलब्ध गराएका हुन्।

चन्द्रिका चौधरीका अनुसार पानी निकासका लागि ८ इन्च बराबरको करिब २० फिट लामो पाइप आवश्यक परेको थियो। उक्त समस्याबारे पालिकाका अन्य जनप्रतिनिधिहरूसँग समेत सहयोगको आग्रह गरे पनि समस्या समाधान हुन नसकेपछि उनी समाजसेवी नेता वृजेश्वार चौधरीसमक्ष पुगेका थिए।

नागरिकको दैनिक जीवनसँग जोडिएको समस्या देखेपछि चौधरीले तत्काल पहल गर्दै पाइप उपलब्ध गराएका हुन्। पाइप पाएपछि चन्द्रिका चौधरी निकै खुशी भएका छन्। अब घर अगाडि जडान गरिएको चापाकलबाट निस्कने पानी अन्यत्र फैलिन नपाई उचित दिशामा निकास हुने भएपछि आफूलाई ठूलो राहत मिलेको उनले बताए।

स्थानीय बासिन्दाहरूले समेत समाजसेवी चौधरीको पहलको प्रशंसा गर्दै जनताको सानो–ठूलो समस्यामा साथ दिने व्यक्तिको आवश्यकता रहेको बताएका छन्।

वृजेश्वार चौधरीले जनताको आवश्यकता र समस्या समाधानका लागि आफूले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.