अन्तरविद्यालय प्रतियोगितामा ओसिस, ग्रीनल्यान्ड र विभूति एकेडेमीका विद्यार्थी उत्कृष्ट
रगन्ज । विद्यालय समूहको आयोजनामा अन्तरविद्यालय हिज्जे, वक्तृत्वकला तथा निबन्ध प्रतियोगिता आज ओसिस बोर्डिङ स्कुलको प्राङ्गणमा सम्पन्न भएको छ।
ओसिस माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक इन्द्रदेव शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले सञ्चालन गरेका थिए।
हिज्जे प्रतियोगितामा ओसिस माविका आइसा पटेल (कक्षा ४), अनुराग पटेल (कक्षा ४) र निरज चौधरी (कक्षा ५) प्रथम भएका छन्। त्यस्तै ग्रीनल्यान्ड माविका आसिया खातुन (कक्षा ५), खुसी खातुन (कक्षा ५) र समर अजिज (कक्षा ५) दोस्रो तथा विभूति एकेडेमीका सृष्टि शाह (कक्षा ५), अनन्या गुप्ता (कक्षा ४) र अर्जुन सर्राफ (कक्षा ५) तेस्रो भएका छन्।
निबन्ध प्रतियोगितातर्फ ग्रीनल्यान्ड माविका कक्षा १० का आशिफ मलिक प्रथम, विभूति एकेडेमीकी कक्षा ८ की रागिनी पाल दोस्रो र कक्षा १० का अङ्कित गुप्ता तेस्रो भएका छन्।
त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा विभूति एकेडेमीकी कक्षा ७ की नाभिया गुप्ता प्रथम, ग्रीनल्यान्ड माविका कक्षा ७ का आराध्य गुप्ता दोस्रो र कक्षा ६ की आल्फा खातुन तेस्रो भएकी छन्।
प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई कार्यक्रमका अतिथिहरूले शिल्ड, प्रमाणपत्र तथा मेडल वितरण गरेका थिए।
कार्यक्रममा ग्रीनल्यान्ड माविका डाइरेक्टर उपेन्द्र पण्डितले सहभागी विद्यार्थी तथा विद्यालयहरूलाई शुभकामना व्यक्त गरेका थिए। निबन्ध तथा वक्तृत्वकला प्रतियोगिताको निर्णय हरि खेतान क्याम्पसका विभागीय सदस्य डा. निरज चौधरीले गरेका थिए।
कार्यक्रमबारे अल्फा टेकका डाइरेक्टर रामसुन्दर चौधरीले जानकारी दिएका हुन्।