प्याब्सन स्मार्ट माइन्ड्सको फाइनलमा पाँच विद्यालय

204

वीरगन्ज, भदौ २१। प्याब्सन वीरगन्जको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ को सिनियर तर्फ पाँच विद्यालय फाइनलमा प्रवेश गरेका छन्।

क्वालिफिकेशन राउन्डबाट समूह ‘ए’ बाट गोल्डेन फ्युचर सेकेन्डरी स्कुल, समूह ‘बी’ बाट मास्कट एकेडेमी, समूह ‘सी’ बाट साउथ जोन सेकेन्डरी स्कुल, समूह ‘डी’ बाट रोयल एकेडेमी र समूह ‘ई’ बाट ज्ञानज्योति माध्यमिक विद्यालय फाइनलमा छनोट भएका हुन्।

क्वालिफिकेशन राउन्डमा पाँच समूहमा गरी ३१ विद्यालय सहभागी थिए। समूह ‘बी’ मा सात तथा अन्य चार समूहमा ६–६ विद्यालयलाई पछि पार्दै पाँच विद्यालयले फाइनलको यात्रा तय गरेका हुन्।

सिनियर तर्फको फाइनल प्रतियोगिता भदौ २३ गते बिहान १० बजेदेखि डिएभी स्कुलमा आयोजना हुने छ। पाँच विद्यालयबीच उपाधिका लागि प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक तथा प्याब्सन वीरगन्जका सचिव अमित आलोकले जानकारी दिए।

वीरगन्जको ज्योतिनगर स्थित लिटल एन्जल्स स्कुलमा क्वालिफिकेशन राउन्ड सुरु हुनु अघि औपचारिक उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी र प्याब्सन वीरगन्जका अध्यक्ष राहुल श्रीवास्तवले गरेका थिए। दुवै अध्यक्षले गमलामा पानी हालेर प्रतियोगिताको क्वालिफिकेशन राउन्डको औपचारिक उद्घाटन गरेका थिए।

कार्यक्रमको सहजीकरण प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले गरेका थिए। कार्यक्रममा प्याब्सन वीरगन्जका नगर सदस्य विजय बल, सुमित कलवार, वरिष्ट पत्रकार जगत राई,  क्रियासिल युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेश साह , देश मधेशका सम्पादक अभिलाषा गुप्ता, प्रेस कोर्डिनेटर दीपु बर्नवाल, लिटल एन्जल्स स्कुलका प्रधानाध्यापक सन्नी पाख्रिन, विद्या सदन माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर गुरुङ लगायतको उपस्थिति थियो।

Leave A Reply

Your email address will not be published.