पर्सौनीको श्री बेंगा साह माविमा ‘शिक्षाको महत्व’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

43

बारा, २१ असोज ।

पर्सौनीस्थित टाउन हलमा श्री बेंगा साह माध्यमिक विद्यालयको आयोजनामा ‘शिक्षाको महत्व’ विषयक अन्तरकक्षा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीमा वक्तृत्वकला, आत्मविश्वास तथा शिक्षाको महत्वबारे चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रम बिहान ९ बजे सुरु भएको थियो। विद्यालयका प्रधानाध्यापक रविन्द्रकुमार गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्सौनी गाउँपालिकाका अध्यक्ष विनोदकुमार जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा पर्सौनी गाउँपालिका–१ का अध्यक्ष लालबाबु मुखिया, वडा नम्बर २ का अध्यक्ष हृदयकुमार साह तेली, गाउँपालिकाका शिक्षा प्रमुख सन्तोष रौनियार, प्रशासकीय अधिकृत पवनकुमार केसरी, कार्यपालिका सदस्य शिवजीप्रसाद कलवार, विद्यालयका अंग्रेजी माध्यम संयोजक तेजनाथ पटेल लगायत शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो।

कार्यक्रमको उद्घोषण कक्षा १० की छात्रा ज्योति कुशवाहाले गरेकी थिइन्। वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षकहरू रामनाथप्रसाद सुडी, बृजकिशोर यादव र जितेन्द्र साह रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक रविन्द्रकुमार गिरीले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्दै भविष्यमा अघि बढ्न आग्रह गरे। विद्यार्थीको क्षमता तथा व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विनोदकुमार जयसवालले स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने आफ्नो सपना पूरा हुँदै गएको बताए। उच्च शिक्षाका लागि विद्यार्थीहरू कलैया वा वीरगन्ज जानुपर्ने अवस्थाको अन्त्य गर्दै स्थानीय स्तरमै अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको उनले बताए।

कार्यक्रममा शिक्षक अनोज यादव, वीरेश जयसवाल, सुबोध पाण्डे, प्रदीप नेपाल, किन्नु गुप्ता लगायतको सहभागिता रहेको थियो।

विद्यालयले विद्यार्थीहरूको शैक्षिक तथा व्यक्तित्व विकासलाई लक्षित गर्दै आगामी दिनमा पनि यस्ता अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.