भन्सार छली ल्याउँदै गरेको ६ लाख ९८ हजारको मोबाइल पार्ट्स सशस्त्र प्रहरीद्वारा बरामद

35

वीरगञ्ज, असोज २ आनन्द पटेल।

पर्साको वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट सशस्त्र प्रहरीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करिब ६ लाख ९८ हजार रुपैयाँ बराबरको मोबाइल पार्ट्स बरामद गरेको छ।

असोज २ गते दिउँसो ३ः४० बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल बीओपी सिर्सियाबाट खटिएको पाँच जनाको गाडी मोबाइल टोलीले नैकाटोला क्षेत्रमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रूपमा भन्सार छली दुई जना व्यक्तिले टाउकोमा बोकेर नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई देखेको थियो।

सशस्त्र प्रहरी टोलीलाई देखेपछि ती दुवै जना मोबाइल पार्ट्सका सामान छाडेर फरार भएका थिए। त्यसपछि सशस्त्र प्रहरीले रु. ६ लाख ९८ हजार ४ सय ५० रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरेको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि सोही दिन साँझ ४ः४० बजे वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर, पर्साले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाश भट्टले जानकारी दिए।

 

Leave A Reply

Your email address will not be published.