श्राद्धकार्यमा सहयोगी हात : वृजेश्वर चौधरीद्वारा ५ बोरा खाद्यान्न सहयोग

32

जगरनाथपुर आनन्द पटेल।

पर्साको जगरनाथपुर गाउँपालिका–६ का एक अति विपन्न तथा पीडित परिवारलाई श्राद्धकार्यका लागि खाद्यान्न सामग्री सहयोग गरिएको छ।

समाजसेवी वृजेश्वर प्रसाद चौधरीले आफ्नो तर्फबाट उक्त परिवारलाई २ बोरा चामल र ३ बोरा चिउरा गरी कुल ५ बोरा खाद्यान्न सामग्री सहयोग गरेका हुन्। आर्थिक अवस्था कमजोर रहेको परिवारलाई श्राद्धकार्य सम्पन्न गर्न सहज होस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री उपलब्ध गराइएको चौधरीले बताए।

शोकमा रहेको परिवारलाई आवश्यक खाद्यान्न सहयोग उपलब्ध भएपछि परिवारका सदस्यहरूले सहयोगी चौधरीप्रति आभार व्यक्त गरेका छन्। दुःखको समयमा गरिएको यस्ता मानवीय सहयोगले पीडित परिवारलाई केही राहत पुग्नुका साथै समाजमा आपसी सहयोग र सद्भावको भावना समेत बलियो बनाउने स्थानीयको भनाइ छ।

सहयोगदाता चौधरीले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भगवानले दिवंगत आत्मालाई स्वर्गमा स्थान प्रदान गरून् भन्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

Leave A Reply

Your email address will not be published.