गहवा माईलाई समर्पित नयाँ भजन ‘हमरा गहवा माईके’ सार्वजनिक

37

वीरगञ्ज, २१ असोज ।

हरेक वर्ष दसैँको अवसरमा गहवा माईप्रति समर्पित धार्मिक भजन सार्वजनिक गर्ने क्रमलाई निरन्तरता दिँदै यस वर्ष ‘हमरा गहवा माईके’ बोलको नयाँ भजन सार्वजनिक गरिएको छ। वीरगञ्जस्थित प्रसिद्ध गहवा माई मन्दिरको प्राङ्गणमा बुधबार आयोजित एक कार्यक्रमबीच भजन सार्वजनिक गरिएको हो।

तीर्थ विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, सचिव लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), मन्दिरका पुजारीलगायतको उपस्थितिमा भजन सार्वजनिक गरिएको थियो। कार्यक्रममा सहभागीहरूले गहवा माईप्रति समर्पित भजनले धार्मिक तथा सांस्कृतिक भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

दसैँको अवसरमा सार्वजनिक गरिएको उक्त भजन सुनेर माया, स्नेह तथा आशीर्वाद प्रदान गरिदिन आयोजकले भक्तजन तथा शुभेच्छुकसँग अनुरोध गरेका छन्।

‘हमरा गहवा माईके’ भजनमा चन्दन पण्डितको स्वर रहेको छ भने गौरव रोशनले संगीत दिएका छन्। भजनका रचनाकार उमा लाल यादव हुन्। भिडियोमा अन्नु मेहता, चन्दन पण्डित, अनिशा सिंह र रजनिकान्त दुबेको अभिनय रहेको छ।

भजनको निर्माण नितेश मेहता र राज सोनीले गरेका छन् भने निर्देशन देशीब्वाय नवीन नेपालीले गरेका छन्। भिडियोको छायांकन (डीओपी) निखिल सन्तोष शाह, मेकअप मधु चौधरी र रेकर्डिङ अटुट म्युजिकले गरेको जनाइएको छ। भजनको डिजिटल व्यवस्थापन गोसाई मिडिया सोलुसन्सका वीरेन्द्र गिरीले गरेका छन्।

आयोजकका अनुसार भजन निर्माणमा करिब १ लाख रुपैयाँ खर्च भएको छ। भिडियोको अधिकांश छायांकन गहवा माई मन्दिर परिसरमै गरिएको बताइएको छ।

एनआर म्युजिक रेकर्डस् (NR Music Records)को प्रस्तुतिमा तयार गरिएको भजन धार्मिक तथा पारिवारिक विषयवस्तुलाई प्राथमिकता दिँदै निर्माण गरिएको आयोजकले जनाएको छ। एनआर म्युजिक रेकर्डस्ले यसअघि पनि विभिन्न धार्मिक तथा पारिवारिक भिडियो निर्माण गर्दै आएको जनाइएको छ।

दसैँको धार्मिक माहोलसँगै गहवा माईप्रतिको श्रद्धा र आस्थालाई समेटिएको ‘हमरा गहवा माईके’ भजनले भक्तजन तथा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.