अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना, बाबु–छोराको मृत्यु

6

६ अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान नगरपालिका–८ निवासी अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवस जिसीले जानकारी दिए ।

प्रहरीका अनुसार भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनापछि डीएसपी जिसीको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.