श्रीपुरमा अजय पटेलको चियापान कार्यक्रम, पूर्व मुख्यमन्त्री सोनल सहित राजनीतिक दलका नेताहरू सहभागी

185

वीरगञ्ज आनन्द पटेल।

शुभ दीपावली तथा छठ पर्वको अवसरमा परवानीपुर गाउँपालिका निवासी अजय पटेलको आयोजनामा आज वीरगञ्ज महानगरपालिका–११ श्रीपुरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनल सहित विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, बुद्धिजीवी, युवा तथा स्थानीय अगुवाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमुख्यमन्त्री सोनलले दीपावली तथा छठ पर्वले समाजमा आपसी सद्भाव, एकता, भाइचारा र सहिष्णुताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले यस्ता चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले राजनीतिक विचार र आस्था फरक भए पनि समाजका सबै पक्षलाई एकै ठाउँमा जोड्ने काम गर्ने बताए। साथै उनले पर्वको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे।

कार्यक्रममा संविधानसभा सदस्य जयप्रकाश यादव, मोहन यादव, जनता समाजवादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष रामनरेश यादव, नेता सुन्दर कुर्मी, शम्भु गुप्ता, वडाका जनप्रतिनिधि लालबहादुर  पटेल लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

आयोजक अजय पटेलले चाडपर्वको अवसरमा आपसी सम्बन्ध सुमधुर बनाउने, सामाजिक सद्भाव कायम राख्ने तथा शुभकामना साटासाट गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

Leave A Reply

Your email address will not be published.