जगरनाथपुरमा विपन्न परिवारको छोरीको विवाहका लागि बृजेश्वर प्रसाद चौधरीद्वारा खाद्यान्न तथा सामग्री सहयोग

73

पर्सा आनन्द पटेल।

पर्साको जगरनाथपुर गाउँपालिका–१ मा छोरीको विवाह गर्न लागेका एक अति विपन्न परिवारलाई बृजेश्वर प्रसाद चौधरीले खाद्यान्न तथा आवश्यक सामग्री सहयोग गर्नुभएको छ।

आर्थिक अवस्था कमजोर भएका परिवारलाई छोरीको विवाहका क्रममा केही राहत पुगोस् र विवाहको तयारीमा सहजता होस् भन्ने उद्देश्यले चौधरीले आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्नुभएको हो।

उहाँले उक्त परिवारलाई २ बोरा चामल, १ बोरा चिउरा, ३०० थान गिलास र ३०० थान प्लेट सहयोग गर्नुभएको छ।

सानो भए पनि विपन्न परिवारको दुःख र आवश्यकतालाई मध्यनजर गर्दै गरिएको यस मानवीय सहयोगले परिवारलाई विवाहको तयारीमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।

समाजमा आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण भएको स्थानीयले बताएका छन्।

Leave A Reply

Your email address will not be published.