वीरगंजमा खुल्यो चौधरी माछा मासु पसल, सुलभ दरमा जिउदों माछा पाउने

434

वीरगंजमा चौधरी माछा, मासु पसल संचालनमा आएको छ । बुधवार महानगरपालिकाको वडा नम्बर १५ त्रिशुल चौक स्थित पसलका संचालक अजय चौधरीले पुजापाठ गरेर सो माछा, मासु पसलको समुद्धघाटन गरेका हुन ।

पसलमा बिगरेट, रोहु, ईजराईल लगायतको हरेक किसिमको माछाका साथै कुखुरा र खशीको मासु सुपथ मुल्यमा बिक्री हुनेगरेको संचालक चौधरीले जानकारी दिएका छन । उनले भने हामीले पसल शुद्ध र ब्यवस्थीत ढंगले संचालनमा लाएका छौ, हामीले आफ्नै पोखरीमा माछा उत्पादन गरेकोेले उपभोक्तालाई २४औं घण्टा सजिलै रुपमा जिउदों माछा र शुद्ध मासु पाउने गरेको बताए ।

उनले भने बजारमा धेरै जसो माछा र मासुको पसल संचालनमा छ, तर कतिपै पसलहरु अब्यवस्थीत र सरसफाईमा कमि देखिएको कारणले गर्दा ग्राहकहरु नजाने गरेका हुन्छन, त्यही भएर हामीले सरसफाईका साथै उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरेर फरक ढंगले पसल संचालनमा लाएको बताए ।

पसलमा थोक र खुद्रा मुल्यमा माछा, मासु बिक्री हुनेगरेको भन्दै संचालक चौधरीले एक पटक पसलमा भ्रमण गर्न आग्रह समेत गरेका छन ।

Leave A Reply

Your email address will not be published.