कृष्णा जन्मअष्टमीमा शोभा कलश यात्रा निकालिदै छ: अध्यक्ष यादव

360

वीरगन्ज,६ भदौ
बाराको परवानीपुर गाँउपालिका ३ लिपनीमालमा रहेको श्री राधाकृष्ण मन्दिर संचालक समितिले कृष्णा जन्मअष्टमीको दिन शोभा कलश यात्रा निकाल्ने भएको छ ।

संचालक समितिले प्रत्येक बर्ष झै यसबर्ष भदौ १० गते कृष्णा जन्मअष्टमीको दिन झुलनको आयोजना गर्दै शोभा कलश यात्रा निकाल्न लागेको हो ।
मन्दिर संचालक समितिका अध्यक्ष जितेन्द्र यादव ९मुखीया जी ०का अनुसार विगतको बर्ष भन्दा यसबर्ष भव्य तरीकाले भुलनको आयोजना पनि गर्न थालिएको अवस्था छ ।

साथै यसपटक कृष्णा जन्मअष्टमीमा मुर्ती पनि बनाउन लागिएकाले तयारी तिव्र रुपमा भईरहेको अध्यक्ष यादवले बताए ।
राधाकृष्णा मन्दिरमा कृष्णा जन्मअष्टमी दुई दशक देखि नियमित रुपमा भईरहकाले यसलाई अगामी दिनमा पनि निरन्तरता दिने उनको भनाई छ ।

Leave A Reply

Your email address will not be published.