सिर्सिया नदीमा हाम फालेकी किशोरीको शव तीन दिनपछि फेला

139

वीरगन्ज– वीरगन्ज महानगरपालिको वडा नम्बर ११ रानीघाट पुलबाट नदीमा हाम फालेकी किशोरीको शव आज भेटिएको छ । रानीघाट स्थित सरिसवा पुलमा हाम फालेकी १६ बर्षीया किशोरी राधिका कुमारी दासको शव आज भेटिएको हो ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर २ खुटुवा प्रसौनी बस्ने विनोद दास र मन्तुरा दासकी १६ बर्षीया छोरी राधिका कुमारी दासको आज बिहान करिव ६ बजेको समयमा पुल भन्दा दक्षिण तर्फ होलिल्याण्ड स्कुल पछाडी नदिको किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक भारतीले जानकारी दिएका छन् ।

असोज १३ गते सरिसवा नदिमा हाम फालेपछि उद्दारका लागि प्रहरी परिचालन गरिएको थियो । नदिमा पानीको बहाव बढेका कारणले गर्दा सोही दिन किशोरीलाई पता लगाउन सकिएको थिएन ।

किशोरीले नदिमा हाम फाल्नुको कारण अहिले पनि पत्ता लागेको छैन्न, तर थप अनुसन्धान भईरहेको प्रवक्ता भारतीले बताए ।

Leave A Reply

Your email address will not be published.