स्वर्गीय सन्तोष यादवको प्रथम वार्षिक पूर्णिय तिथि ( श्रद्धाञ्जली सभा) सम्पन्न

149

कार्तिक ८ बारा, आनन्द पटेल

जनता समाजवादी पार्टी नेपालका यूवा नेता स्वर्गीय सन्तोष यादवको प्रथम  वार्षिक पूर्णिय तिथि ९श्रद्धाञ्जली सभा० बिहीबार एक कार्यक्रमगरी मनाइएको छ । परवानीपुर गाउँपालिका वडा नं ३ स्थित वडा कमिटीको आयोजनामा स्वर्गीय यादवको वार्षिक पूर्णिय तिथि मनाइएको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका ९ जसपाका ० केन्द्रीय महासचिव तथा मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गदीले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सन्तोष यादवको योगदानलाई पार्टीले कहिले पनि बिर्सिन नसकिने बताए ।

उनको अकाल मै स्वर्ग बासले पार्टीलाई ठूलो क्षति भएको उनले बताए । पूर्व मुख्यमन्त्री गदिले यस दुःखको घडीमा उनको परिवारलाई पार्टीको तर्फबाट सक्दो आर्थिक सहयोग गरिने बताए ।

यसैगरी जनता समाजवादी पार्टी नेपालका बारा क्षेत्र नं ४ का क्षेत्रीय अध्यक्ष यूवा नेता सञ्जु साहले श्रद्धाञ्जली अर्पण गर्दै स्वर्गीय सन्तोष यादव हामी सबैको ह्रिदयमा जीवित रहने बताए । उनले भनेू उनको स्वर्ग बासले आज उनको परिवारमा जुन आर्थिक र मानसिक समस्या भएको छ यसमा हामी सबैले उनको परिवारलाई उचित सहयोग गर्ने , उनको छोरा छोरीलाई निःशुल्क शिक्षा उपल्बध गराउने बाँकी सहयोग गरे मात्र उनको सही श्रद्धाञ्जली अर्पण हुने बताए ।

नेता साहले स्वर्गीय सन्तोष यादव आफ्नो नजिकको साथी रहेको र मधेश आन्दोलनमा उनको ठुलो भूमिका र योगदान रहेको स्मरण गरे । साथै उनले आफ्नो तर्फबाट पनि उनको परिवारको लागि गर्नु पर्ने सहयो गर्ने प्रतिबद्धता जनाए ।

सो अवसरमा जसपा पार्टीका केन्द्रीय सदस्य रसना यादव, भरत बहादुर खड्का, रुपलाल चौधरी, पार्टीका पर्सा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतले आ ( आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्वर्गीय सन्तोष यादवका धर्म पत्नी श्रदा यादव, पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम परवानीपुर गाउँपालिका वडा नं ५ का निर्वाचित वडा अध्यक्ष रामेश्वर साह कलवारको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन आनन्द यादवले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.