७८ हजार घुस रकम सहित सिम्रौनगढका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

127

बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत घुस रकमसहित रङ्गेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान हेटौंडाले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र प्रसाद साहलाई नगद ७८ हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।
अख्तियारको टोलिले बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर –४ स्थित गुप्ता पेट्रोल पम्प नजिकै रहेको उनको क्वाटरबाट सेवाग्राही संग ७८ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका सूचना अधिकारी गोबिन्द प्रसाद गौतमले बताएका छन् ।

साहले एक जना संग बिल भुक्तानी गरेबापत उक्त घुस रकम लिएको अख्तियारले जनाएको छ । साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाएको सूचना अधिकारी गौतमले जानकारी दिएका हुन् ।

Leave A Reply

Your email address will not be published.