आयरा एकाडेमीमा अध्ययनरत कक्षा ११ का विद्यार्थीहरूका लागि स्वागत कार्यक्रम सम्पन्न

1,115

वीरगन्ज, पौष २९ आनन्द पटेल
पर्साको वीरगञ्जमा संचालित आयरा एकाडेमी ं२ कलेजमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का विद्यार्थीहरूका लागि आईतबार स्वागत कार्यक्रम सम्पन्न गरेका छन ।

वीरगन्ज स्थित सोल्टी पार्टी प्यालेसमा कक्षा १२ का बिधार्थीहरुले आयोजना गरेको स्वागत कार्यक्रममा बिधार्थीहरुले सांस्कृतीक नृत्य, गीत, संगीत, बक्तित्व कला, शुभकामना संदेश, मनोरन्जनात्मक गेम लगायतका प्रस्तुतीहरु प्रस्तुत गरेको थिए ।

कलेजका सञ्चालक जागरनाथ राउत कुर्मीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा परवानीपुर गाउँपालिका प्रत्यासी सञ्जु साहले विद्यार्थीहरूले आयोजना गरेको स्वागत कार्यक्रमलाई धन्यवाद दिनुको साथै विद्यार्थीहरूको उज्वल भविष्यको कामना गरेका थिए । उनले यस क्याम्पसमा सिकेका ज्ञान, सिप, अनुशासनका कुराहरुलाई आफ्नो ब्यवहारमा उतारी अगाडी बढन सुझाव दिएका थिए । नेता साहले अहिलेको अवस्थामा आधुनिक शिक्षाको एकदमै आवश्यकता रहेको र विद्यार्थीहरूले आधुनिक शिक्षामा पनि ध्यान दिन जरुरी रहेको बताए ।

क्यामपसका फाउन्डर भूपेन्द्र पटेलले कक्षा ११ का बिधार्थीहरुको शिक्षाको यात्रा यस कलेजमा सोचे जस्तो बितोस भन्ने कामना गरेको थिए । उनले आफु र यस क्यामपसका समपूर्ण टिमले बिधार्थीहरुलाई राम्रो शिक्षा प्रदान गर्नुको साथै अतिरिक्त क्रियाकलापमा पनि राम्रो गर्न सकुन भन्ने दिन खोजीएको बताए । फाउन्डर पटेलले बिधार्थीहरुलाई कम पैसामा बढी कुराहरु दिदै आएको र अगामी दिनहरुमा पनि थप कुराहरु दिदै जाने प्रतिबद्धता जनाएका थिए । उनले अनुशासित भएर अगाडी बढन बिधार्थी भाईबहिनीहरुलाई आग्रह गरेका थिए । उक्त क्यामपसमा बारा, पर्साबाट बिधार्थीहरुले शिक्षा लिदै आएका छन ।

कार्यक्रमका अतिथीहरुले बिधार्थीहरुले भविष्यमा ठूला – ठूला पदहरूमा काम गरुन् भन्ने शुभकामना दिएका थिए । कार्यक्रममा क्यामपसका फाउन्डर मनोज यादव , राज प्रताप सिंह, प्रकाश श्रीवास्तव लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संचारकर्मी आनन्द पटेल, स्वच्छ समाज युवा क्लबका उपाध्यक्ष उमेश साह, क्लबका वरिष्ट सदस्य तथा प्रध्यापक सरोज यादव, सदस्य प्रमोद यादव , कलेजका शिक्षक, शिक्षिका, लगायतको सहभागीता रहेको थियो भने सहजीकरण कक्षा १२ मा अध्ययनरत कलेजका विद्यार्थी राहुल चौरसिया र सपना कुशवाहा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.