सहकारी ठगी प्रकरणस् लामिछानेलाई रुपन्देही ल्याएर मंगलबारदेखि बयान लिने प्रहरीको तयारी

75

सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लामिछानेलाई सकभर आज ९सोमबार० साँझ नभए भोलि ९मंगलबार० बिहान विमानबाट भैरहवा ल्याइनेछ । ‘आज सोमबार नै ल्याउने तयारी थियो तर प्लेनको फ्लाइट शेड्युल चेन्ज भएको रहेछ, मिल्यो भने आज साँझ नभए भोलि बिहान ९मंगलबार० ल्याउने निश्चित भएको छ,’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीवी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट यसअघि नै अनुमति लिइसकेको छ ।

बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

  • पोखराबाट भैरहवा ल्याएपछि लामिछानेसँग बयान लिने तयारी छ ।

Leave A Reply

Your email address will not be published.