आजदेखि १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान शुरू

39

काठमाडौँ– लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ । हिंसारहित समाज निर्माणको उद्देश्य सहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको हो ।

नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भनी शुभकामना दिएका छन् । यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै अभियानको अवसरमा देशैभर अन्तरक्रिया, छलफल, र्‍याली लगायतका कार्यक्रम भइरहेका छन् ।

Leave A Reply

Your email address will not be published.