‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न,नागरिक र सञ्चारकर्मीहरु बीचका समन्वय अभावले नागरिकमा मुद्दा हराउदै गएको सरोकारवालाहरुको भनाइ

53

कार्तिक १२, वीरगंज
हाम्रो अभियान पर्साले पानीटंकी स्थित बीपीसी कलेजमा ‘वीरगन्ज विमर्श’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक मुद्दाहरुको उठान गर्ने नागरिक समाज र सञ्चारकर्मीहरु एकठाउँमा हुन नसक्दा नागरिकहरुको बोली नै हराएको अवस्था रहेको औंल्याएका थिए ।

नागरिक समाज र सञ्चारकर्मीहरुबीचको समन्वय अभावले नागरिकमा मुद्दा र आवाजहरु हराउदै गएको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नागरिकहरुको आवाज बोल्ने नागरिक समाज र सञ्चारक्षेत्रको भूमिका संकुचित हुदै गएकोमा चिन्ता व्यक्त गरिएको हो ।

मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले नागरिकको लागि गर्ने दायित्व राज्यको हो । राज्यलाई घच्घच्याउने नागरिक समाज र सञ्चारकर्मीहरुले दलीय राजनीति गर्नु हुदैन ।

नैतिक धराधलमा टेकेर पत्रकारिता गरेमात्रै उठान गरिएका मुद्दाहरु बलियो हुने र त्यसलाई सशक्त रुपमा उठाउन नागरिक समाजले गर्ने हो । तर, गलत सूचनाले गर्दा नागरिक समाज र सञ्चारकर्मीहरुबीचको सम्बन्धमा दूरी ल्याउन काम भएको बताए ।

मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले आन्दोलनलाई उठान गर्ने नागरिक समाजले गर्ने र त्यसलाई स्थापित गर्ने काम सञ्चारकर्मीहरुले सशक्त रुपमा उठाएर गर्दा राजनीतिक दलहरु साथमा आउने बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारितामा सामाजिक जवाफदेहिता हुनुपर्ने बताए । पत्रकारितामा सबैभन्दा बढी हुने स्रोत भनेको आलोचनात्मक चेत हो ।

नागरिक समाज सञ्चार मधेस प्रदेशका इञ्चार्ज रोशन झाले नागरिक समाजको परिभाषा अनुसारको काम हुन नसकेको र सञ्चार माध्यमहरुको पनि आफ्नो विश्वसनीयता र व्यावसायिकतामा अभाव हुदै गएको बताउनुभयो । कार्यक्रमको सहजीकरण हाम्रो अभियानका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.