हरिखेतान बहुमुखी क्याम्पसमा अध्यनरत बिबिएस प्रथम वर्षका विद्यार्थीहरुसंग मानव बेचविखन तथा लैङ्गिक हिंसा बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

66

१४ वैशाख , वीरगंज

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर तथा आफन्त नेपाल वीरगंज पर्साको सँयुक्त आयोजनामा हरि खेतान बहुमुखी क्याम्पसमा अधययनरत बिबिएस प्रथम वर्षका विद्यार्थीहरुलाई सोमबार मानव बेच बिखन तथा लैगिङ्क हिँसा बारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न मानव बेचविखन तथा लौङगिङ्ग हिंसा बारे विद्यार्थीहरुले बुझ्न जरुरी रहेको बताएका छन् । उनले भर्ने मानव बेचविखन जस्तो जगन्य अपराध हो यस्तो बाटोमा लाग्ने जोकोहीलाई पनि कानुनी दायरामा ल्याई कडा कारवही गरिने बताए । लैङ्गिक हिंसा समाजमा अहिले पनि भइरहेकोले विद्यार्थीहरुले यसबारेमा जानकारी हुन अति आवश्यक रहेको प्रजिअ अर्यालले बताए । उनले खासगरी बिधार्थीहरुले यस विषयलाई जान्न जरुरी रहेको र यस्ता घटनाहरुलाई रोक्न जनचेतनामुलक कार्यक्रमहरु गर्न जरुरी रहेको बताए ।

ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्श नगर वीरगंजका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र,हरिखेतान बहुमुखी क्याम्पसका क्याम्पस चिफ किशोरी राय यादव , सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल ,प्रहरी निरिक्षक निरोज चौलागाईं , प्रहरी नायव निरीक्षक प्रदिप कुमार गोले , प्रहरी चौकी आदर्शनगर पर्साका हेमा थापा फोकल पर्सन नारायणी अस्पताल वीरगंजका मनु राणा, आफन्त नेपालका शाखा प्रमुख त्रिलोक चन्द दारुका , ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र सदस्य प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका प्रहरी सहायक हवल्दार अजिता घिमीरे, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अन्य पदाधिकारीहरुको उपस्थित रहेको थियो ।अन्तरक्रिया कार्यक्रममा हरिखेतान बहुमुखी क्याम्पसका बिबिएस प्रथम वर्षका ८५ जना विद्यार्थीहरुको सहभागीता रहेको क्याम्पस चिफ किशोरी राय यादवले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.