किरात समुदायको महान पर्व उभौली (साकेला) एले सम्बत भब्य रुपमा भाषा संस्कृति जोगाउन युवा पुस्तालाई अग्रसर हुने प्रमुखः राईको भनाइ

27

वीरगञ्ज– किरात समुदायहरुको महान पर्व उभौली ९साकेला० यले सम्बत ५०८४ भब्य रुपमा धुमधामका साथ सम्पन्न भएको छ।

किरात राई यायोक्खा जिल्ला कार्यसमिति बारा र किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साको संयुक्तरूपमा उभौली ९साकेला० यले सम्बत ५०८४ भब्य रुपमा बारा जिल्लाको पथलैया सम्पन्न भएको हो । किरात राई यायोक्या जिल्ला कार्यसमिति बाराका अध्यक्ष सुरेश राई अध्यक्षको तथा किरात राई यायोक्या केन्द्रीय सदस्य जगत राईको प्रमुख आतिथ्यमा उभौली साकेला यले सम्बत ५०८४ भब्य रुपैया सम्पन्न भएको हो ।

प्रमुख राईले किरात समुदायको छुट्टै आफ्नो पहिचान संस्कार संस्कृति भएको समुदाय जुन किन प्राकृतिक पुजारीका रुपमा चिनिने गरिन्छ भनेर बताए ।किरात समुदायले वर्षमा दुई पटक मनाउने गर्छन् ।बैशाखे पुर्णिा तराईबाट पहाडतिर जान लाग्ने जुन गर्मीयम शुरु भए पछि ती चराचुरुङ्गी आफ्नो सितल खोज्न जाने मानेता रहेको छ।

कार्यक्रममा नेपाल आदिवासीजनजाति महासंघ जिल्ला समन्वय परिषद् बाराका अध्यक्ष रामदास धौजो,नेपाल आदिवासीजनजाति महासंघ समन्वय परिषद् मधेस प्रदेशका उपाध्यक्ष भुवन राई, एकीकृत समाजबादी पार्टीका पोलि ब्युरो सदस्य दिनेश राई, वडा नम्बर १ का वडा सदस्य राकेश सुब्बा लगायतले नेपाल आदिवासीजनजाति भित्र पर्ने एक समुदाय राई पनि रहेकोले अहिले आफ्नो भाषा संस्कृति र पहिचानलाई संरक्षण गर्न लागि परेको बताए ।हामीले आफ्नो संस्कार संस्कृति आउने पुस्तालाई सिकाउन अति आवश्यकता रहेको बताएका छन् ।

उक्त कार्यक्रममा नेपाल आदिवासीजनजाति पत्रकार महासंघ ९फोनिज० पर्साका अध्यक्ष मुनेशलायोमगर, किरात राई यायोक्खा जिल्ला कार्यसमिति पर्साका कार्यवाहक अध्यक्ष चन्द्रबान्तवा राई, बाराका सचिव हेमराज राई, पुजारी कृष्ण कुमार राई, सल्लाहकार उदव राई, लालशेर राई, निर्मला राई, सपना राई, झुमा राई, तारा श्रेष्ठ राई, सिंह बहादुर राई, रवि राई, उतम लिम्बू , दिपा राई, राममाया राई, ज्ञान बहादुर राई लगायत राई समुदायका विभिन्न ब्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण पर्साका सचिव प्रदिप राईले गरेका थिए।

Leave A Reply

Your email address will not be published.