कलैया स्थित प्रादेशिक अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको उपपराष्ट्रपति रामसहाय प्रसाद यादवद्धारा समुद्घाटन

46

बारा,३१बैशाखः बाराको कलैया स्थित प्रादेशिक अस्पतालमा नवनिर्मित ब्लड बैंक भवनको बुधबार समुद्घाटन गरिएको छ । उपपराष्ट्रपति रामसहाय प्रसाद यादवले नवनिर्मित ब्लड बैंक भवनको समुद्घाटन गरिएको हो ।

छाया नेपालको सहयोग तथा कलैया उपमहानगरपालिका र कलैया प्रादेशीक अस्पतालको सहकार्यमा नवनिर्मित ब्लड बैंक भवनको निर्माण गरिएको हो । उद्घाटन समारोहमा उपराष्ट्रपति यादवले रक्तदान जस्ता मानवीय कार्य समाजमा अतिनै आवश्यक र उच्च मूल्यको हुने बताउँदै कलैयामा ब्लड बैंक स्थापनाले जिल्लाका हजारौं बिरामीहरूलाई सहज रुपमा रगत आपूर्ति हुने विश्वास व्यक्त गरे ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा।अजय गुप्ताले ब्लड बैंकमा अत्याधुनिक उपकरणहरू जडान गरिएको र दक्ष जनशक्तिपनि खटाइएको बताए।

समुद्घाटन समारोहमा प्रतिनिधी सभा सदस्य तथा पूर्वमन्त्री ज्वाला साह, प्रतिनिधीसभा सदस्य किसान श्रेष्ठ, पूर्व सांसद प्रमोद गुप्ता, कलैया महानगरपालिकाका मेयर विनोद साह लगायतकाकोपनि उपस्थिती थियो ।

Leave A Reply

Your email address will not be published.