गिभ नेपाल सामाजिक संस्थाको समुद्घाटन सम्पन्न , समाजमा रहेको विकृति विरुद्ध काम गर्न वक्ताहरुको अनुरोध

180

१० जेठ वीरगन्ज , आनन्द पटेल

वीरगन्ज महानगरपालिका वडा नं,२१ मा शनिबार गिभ नेपाल सामाजिक संस्थाको औपचारिक समुद्घाटन सम्पन्न भएको छ। होटल कुमु प्यालेसमा एक कार्यक्रमको आयोजना गरी सो संस्थाको समुद्घाटन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी वीरगन्ज महानगरपालिका वडा नं २१ का वडा अध्यक्ष राधा कृष्ण रौनियारले रिबन काटेर समुद्घाटन गरेका हुन् । साथै उनले गिभ नेपाल सामाजिक संस्था आजदेखि औपचारिक रूपमा समाजमा काम गर्न गइरहेको शुभकामना दिए ।

उनले समाजका विकृति , महिला हिँसा, शिक्षा, खेलकुद आदि क्षेत्रमा यो संस्थासँग हातेमालो गरेर काम गर्न आफू तयार रहेको बताए। साथै उनले यो संस्था देसभरी नै समाजमा राम्रो काम गर्ने छ भनी संस्थाका अध्यक्ष शुशिल कुमार साहलाई बधाई दिए ।

कार्यक्रममा परवानीपुर गाउँपालिका वडा नं ४ का पूर्व वडा अध्यक्ष गजेन्द्र पटेलले यूवा भाइबहिनीहरु मिलेर खडा गरेको यो संस्था समाजमा आमूल परिवर्तन ल्याउने छ भनी शुभकामना व्यक्त गरे। साथै उनले स्थानीय नेता , कार्यकर्तालाई सहयोग गर्न अनुरोध गरे ।

यसैगरी प्रतीक डेली समाचार अनलाइनका सम्पादक, सञ्चारकर्मी आनन्द पटेलले गिभ नेपाल सामाजिक संस्थाले आजदेखि समाजका हरेक विकृति विरुद्ध जोरदार रूपले आवाज उठाउन आग्रह गरे। साथै उनले स्थानीय सरकारसँग मिलेर शिक्षा, खेलकुद, सरसफाई, महिला हिँसा जस्ता विषयमा काम गर्न अनुरोध गरे।

कार्यक्रमममा वीरगन्ज महानगरपालिका वडा नं २१ का पूर्व वडा अध्यक्ष हबीब मियाले संस्थाको विकासको लागि आफू सधै सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

सो अवसरमा तेक्वान्दोका अन्तराष्टिय खेलाडी तथा प्रशिक्षक महमद वेश शेख, ठाकुरराम बहुमुखी क्याम्पसका सभापति राज यादव, सञ्चारकर्मी निलम पन्त, गीभ नेपाल सामाजिक संस्थाका उपाध्यक्ष सिमरन कुमारी, सचिव नन्दनी कुमारी साह, सह-सचिव सुमोद कुमार तिवारी, कोषाध्यक्ष आशिका शाह, सदस्यहरू – साहेब आलम, राहुल रौनियार लागतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शुशिल कुमार साहको अध्यक्षतामा सम्पन्न भएको थियो। साथै उनले सबैको साथ र सहयोगले अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

Leave A Reply

Your email address will not be published.