बाराको त्रिवेणीमा बाँध निर्माण कार्य शुरु, स्थानिय खुशी
१२ जेठ बारा , आनन्द पटेल
बाराको फेटा गाउँपालिका वडा नं १ त्रिवेणी टोलमा बाँध निर्माण कार्य शुरु भएको छ । त्रिवेणी टोल स्थित झुलुङ्गे पुलदेखि अकवानियासम्म बाँध निर्माणको काम शुरु गरिएको हो ।
हरेक वर्ष अविरल वर्षाका कारण आएको बाढीलेगर्दा यस क्षेत्रमा जन धनको क्षति हुँदै गएपछि गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले आईतबार बाँध निर्माण कार्यको सिलान्यास गरेका छन् । गाउँपालिका स्तरीय योजना अन्तर्गत सो कार्यको सिलान्यास गाउँपालिका प्रमुख अन्सारीले गरेका हुन् । साथै उनले अब बाँध निर्माणको काम सकेपछि यहाँको स्थानीयलाई बाढीबाट छुटकारा मिल्ने र जनधनको क्षतिपनि नहुने विश्वास व्यक्त गरे ।
सो अवसरमा गाउँपालिका उपाध्यक्ष निलम साह, प्रमुख प्रशासकीय अधिकृत श्री पूर्ण प्रसाद तिवारी, वडा नं १ त्रिवेणी टोलका वडा अध्यक्ष बिगन दास तत्मा, गाउँपालिका कर्मचारी, स्थानिय नेता , समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।