युवा स्पोर्ट्स क्लब वीरगञ्जको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, १० बुन्दे निर्णय पारित 

69

 

वीरगञ्ज, असार २८ – युवा स्पोर्ट्स क्लब वीरगञ्जको नव निर्वाचित कार्यसमितिको पहिलो बैठक क्लबको आफ्नै भवनमा सम्पन्न भएको छ। बैठकले १० बुँदे महत्वपूर्ण निर्णय पारित गर्दै क्लबका स्थगित फुटबल प्रतियोगिताहरू पुनः सञ्चालन गर्ने तयारी गरेको छ।

बैठकमा स्व. पन्नालाल स्मृति फुटबल प्रतियोगिता, लक्ष्मण थापा गोल्डकप, स्व. गोपाल गिरी बाल फुटबल प्रतियोगिता, र शहीद थीर बम मल्ल वडा स्तरीय फुटबल प्रतियोगिता जस्ता कार्यक्रमहरू फेरि सञ्चालन गर्ने निर्णय लिइएको छ।

गठित तीन समिति

क्लबको आन्तरिक व्यवस्थापनलाई थप सुदृढ बनाउन बैठकले तीनवटा समिति गठन गरेको छ:

आर्थिक समिति

अध्यक्ष: रमेश श्रेष्ठ

वरिष्ठ उपाध्यक्ष: रुपक पाण्डे

प्रथम उपाध्यक्ष: सुरज मानन्धर

महासचिव: बिनोद परियार

कोषाध्यक्ष: विजय विश्वकर्मा

तृतीय उपाध्यक्ष: विकास रौनियार

सदस्य: शुशील श्रेष्ठ

खेलाडी समन्वय समिति

द्वितीय उपाध्यक्ष: लखन चौधरी

सहकोषाध्यक्ष: राजेश जोशी

सचिव: राजीव लाखे

सहसचिव: विजय श्रेष्ठ

सदस्यहरू: रुपेन्द्र लालचन, सुरज श्रेष्ठ (मण्टु), रञ्जय पौडेल

क्लब रेखदेख समिति

सदस्यहरू: अरविन्द गुप्ता, समि लामा, प्रदीप गुप्ता, बिकेश श्रेष्ठ, मुकेश गुप्ता, मोहन कुमार महतो, कृष कार्की

बाल खेलमैदानदेखि जर्सी खरिदसम्म

बैठकले बीपी उद्यान पार्कमा बालबालिकाको लागि खेल मैदान निर्माण गर्न वीरगञ्ज महानगरपालिकासँग औपचारिक अनुरोध गर्ने निर्णय गरेको छ। त्यस्तै, क्लबमा योगदान दिएका स्व. फुटबल खेलाडीहरूको सम्मानमा तस्बिर राख्ने, पूर्व अध्यक्षहरूको तस्वीरमार्फत इतिहास संकलन गर्ने, नयाँ जर्सी खरिद गर्ने र क्लबको जीर्ण संरचनाको मर्मत तथा रंगरोगन गर्ने विषयमा पनि निर्णय लिइएको छ।

सल्लाहकार मण्डल र मानार्थ वडाअध्यक्ष चयन

क्लबले सल्लाहकार मण्डल पनि गठन गरेको छ, जसमा पूर्व अध्यक्षहरू दिनानाथ रौनियार, मधुकृष्ण महर्जन, वसन्त लामा, सुमन श्रेष्ठ, जगरनाथ प्रसाद कानु, संजय थापा, र प्रमोद परियार रहेका छन्।

अन्य सल्लाहकार सदस्यमा श्रीहरी पौडेल, द्वारिका प्रसाद कलवार, विधीचन्द सहनी, बासुदेव रौनियार, कमल अधिकारी, गजेन्द्र मान सिंह, प्रदुम्न सेढाई, किसन गुप्ता, उमेश सिंह, मेघराज श्रेष्ठ, श्याम मान सिंह, उत्तम श्रेष्ठ, संजय अधिकारी, गणेश श्रेष्ठ, मनोज भट्टराई र अनिल कलवार छन्।

त्यस्तै मानार्थ वडा अध्यक्षहरूमा जवाहर प्रसाद गुप्ता, पूर्व वडा अध्यक्ष मनोज कुमार कलवार र वडा अध्यक्ष जगत प्रसाद कानु रहेका छन्।

Leave A Reply

Your email address will not be published.