वीरगञ्जमा ८ किलो गाँजासहित युवक पक्राउ, अनुसन्धान जारी

85

पहरीले पर्सामा ८ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पटेर्वा सुगौली गाउँपालिका(४ करबोला चोकबाट इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको टोलीले ८ किलोग्राम ४४० ग्राम गाँजा बरामद गरेको हो

प्रहरीले चेकजाँच गर्ने क्रममा बलुवाबाट देउरवानातर्फ जाँदै गरेको बीआर०५ एजी ६८०५ नम्बरको भारतीय मोटरसाइकलमा उक्त गाँजासहित पर्सागढी नगरपालिका(९, एकटांगा बस्ने ३४ वर्षीय जगमोहन यादवलाई नियन्त्रणमा लिइएको पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए ।

यादवले मोटरसाइकलको सिटमुनि र आफ्नो शरीरमा बाँधिएको उक्त लागूऔषधसहित नियन्त्रणमा लिइएको डीएसपी लम्सालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.