आन्दोलनको असर : विश्वकर्मा पूजाका लागि मूर्तिको अर्डर घट्यो, मूर्तिकार संकटमा

71

असोज १ गते मनाइने विश्वकर्मा पूजामा यस वर्ष उत्साह घटेको छ। विशेषगरी कलकारखाना, गाडी र उपकरणको पूजाका लागि तयारी गर्ने पर्वमा आन्दोलनको प्रभाव देखिएको छ।

देशैभरि एक हप्तासम्म लागू भएको कफ्र्यू र हिंसात्मक घटनाका कारण व्यापारी र मजदुर दुबै प्रभावित भएका छन्। बन्दका कारण व्यापार ठप्प भएको, बजार सुनसान रहेको र यसै कारण धुमधामका साथ पूजाका तयारी हुन नसकेको व्यापारीहरूले बताएका छन्।श्रीपुरका फर्निचर व्यवसायीले यस वर्ष मूर्ति नलगाई साधारण पूजामा सिमित गर्ने बताए। मजदुरहरूको लागि नयाँ कपडा किन्ने स्थिति पनि नभएको उनीहरूले बताएका छन्। “यसपालि धेरै समस्या भयो, व्यापार ठप्प छ,” व्यापारीले भने।

मुर्ली सम्झना होटल अगाडि मूर्ति बनाइरहेका मूर्तिकारले पनि मुख्य सिजनको बेला नै आन्दोलन सुरु भएपछि अर्डर घटेको बताए। “५० मूर्तिमा मुश्किलले २० मूर्तिको अर्डर मात्र आएको छ, घाटा हुने देखिन्छ। बजार मन्दी भएको कारण हाम्रो समस्या बढेको छ। यसअघि हतारमा मूर्ति तयार हुन्थ्यो, यसपालि सुनसान छ,” उनले भने। बजारमा अहिले चहलपहल बढे पनि व्यापारीहरूले पूर्ण रूपमा उत्साहका साथ पूजा गर्ने अवस्था नपाएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.